Logo

बालकृष्ण खाणलाई हतारमा निलम्वन गर्न हुँदैनः एनपी साउँद



काठमाडौं, ७ असार । परराष्ट्र मन्त्री एनपी साउँदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणलाई हतारमा पार्टीको केन्द्रीय सदस्यबाट हटाउन नहुने बताएका छन् । आज (आईतबार) कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष प्रमाणविनको मुद्दामा कसैलाई पनि हतारमा पार्टीले निलम्वन गर्न नहुने बताएका हुन् ।

‘भुटानी शरणार्थीको बारेमा पनि धेरै चर्चा चलिराखेको छ । कहिले काही केही घटना र अपराधहरु यस्ता हुन्छन्, प्रत्यक्ष प्रमाण भए पार्टीबाट निकाल्दा हुन्छ । छानविनको प्रक्रियामा भाग्यो भने पनि पार्टीबाट तत्कालै निकाल्दा हुन्छ । अनुसन्धानको क्रममा अदालतको निर्णय नपर्खी हामीले हतारमा गर्यौ भने पार्टीको हित गर्दैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्