Logo

गगनले संसदीय दलतिर मन डुलाउँदा देउवासँग ‘इन्ट्रेस अलाईन’ मिलेनः मिनेन्द्र रिजाल



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको ध्यान पार्टीलाई बलियो बनाउने भएपनि महामन्त्री थापाले संसदीय दलतिर मन डुलाउँदा अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

गत साउन २ गतेदेखि जारी रहेको केन्द्रीय समिति बैठकमा आज (आईतबार) सम्बोधन गर्दै उनले सभापति देउवा र महामन्त्री थापा दुवैले पार्टी बलियो बनाउन चाहेको बताए । तर, महामन्त्री थापाले संसदीय दलतिर मन नडुलाएपछि देउवासँगको इन्ट्रेस अलाईन नमिलेको उनले बताए ।

‘सभापतिजी पनि चाहनुहुन्छ ०८४ मा पार्टी राम्रो बनोस् । बलियो बनोस् । महामन्त्रीजी पनि चाहनुहुन्छ ०८४ सम्म यति गरौं कि ०८४ पछि मज्जाले अगाडि लिएर जान सकूँ भनेर । कहाँनेर इन्ट्रेस अलाईन गरेन त भन्दाखेरी यो संसदीय दलतिर मन नडुलाएदेखि सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छजस्तो मलाई लाग्यो,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्