Logo

बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै, व्याज दर घट्ने क्रममा



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज ९आईतबार० विहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको उल्लेख छ । भुक्तानी सन्तुलन २०७९ असोजदेखि बचतमा रहन थालेको र बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको उल्लेख छ ।

साथै, अल्पकालीन ब्याजदरहरु घटेको र दीर्घकालीन ब्याजदरहरुसमेत घट्ने क्रममा रहेको बताईको छ । बाह्य क्षेत्र र तरलतामा आएको सुधारबाट आन्तरिक आर्थिक गतिविधि चलायमान हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको छ ।

चालु खाता भने घाटामा नै रहेको रहेको बताइएको छ । कुल गार्हस्थ्य उत्पादनमा आयातको अनुपात उच्च रहेको छ । बाह्य क्षेत्रमा भएको उपलब्धिलाई सुरक्षित राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी कूल आन्तरिक माग व्यवस्थापन गर्ने रणनीति राष्ट्र बैकले अवलम्बन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्