Logo

रामेछाप कांग्रेसभित्र चुलियो असन्तुष्टिः विपी स्मृति दिवसमासमेत छुट्टाछुट्टै कार्यक्रम



काठमाडौं, ७ साउन । नेपाली कांग्रेस रामेछाप जिल्ला समितिमा असन्तुष्टि बढेको छ । केही समयअघि जिल्ला तहमामात्रै रहेको विवाद विपी स्मृति दिवसदेखि भने कार्यकर्तासम्म पुगेको छ ।

रामेछाप कांग्रेसका दुई समूहले ४१औं विपी स्मृति दिवसमा छुट्टाछुट्टै कार्यक्रम गरेको छ । जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्युसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) को समूहले रामेछाप नगरपालिकाको बाबियाखर्कमा वृक्षा रोपण गरेर विपी स्मृति दिवस मनायो भने पूर्व जिल्ला सभापति रामचन्द्र खड्काको समूहले सुनापती गाउँपालिकाको गुन्सीमा वृक्षरोपण गरेर विपी स्मृति दिवस मनएका थिए ।

उक्त अवसरमा दुवै समूहले एकले अर्कोविरुद्ध गाली र आक्रोश व्यक्त गरेका थिए । पूर्व सभापति खड्का नेतृत्वको समूहले सभापति तामाङ निर्वाचित भएसँगै दाइजोमा पार्टी पाएको जसरी एकलौटी निर्णय गर्दै हिँडेको आरोप लगाए ।

सभापति तामाङ नेतृत्वको समूहले भने पूर्व सभापति खड्काको समूहले पार्टीको नीति र विधि भन्दा बाहिर आफू मनलाग्दी कार्य गरेको भन्दै व्यापक आलोचना गरेका थिए ।

एकलौटी निर्णय गरेको, पार्टीको विधान र सिद्धान्तलाई मिचेर काम गरेको, यस्तो अवस्थामा पार्टीलाई अगाडि बढाउन नसकिने लगायतका आरोपसहित रामेछाप कांग्रेसको एक समूहले कान्छाराम विरुद्ध पार्टी सभापति शेरबहादुर देउवामाझ ध्यानाकार्षण पत्रसमेत बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस्