Logo

नेपालमा मान्छे बेच्ने दलाल पुँजीवाद छः विप्लव



काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा सामन्तवाद, अर्ध सामन्तवाद नभएर मान्छे बेच्ने दलाल पुँजीवाद रहेको टिप्पणी गरेका छन् । आज .(आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पोलिटिकल क्यारेक्टर भनेको दलाल पुँजीवाद भएको बताए ।

‘आज सामन्तवाद पनि छैन, अर्ध सामनतवाद पनि छैन । नेपालमा दलाल पुँजीवाद छ । पोलिटिकल क्यारेक्टर भनेको दलाल हो । आफ्नो मौलिकता, आफ्नो स्वत्व, आफ्नो उत्पादन, आफ्नो अर्थ सम्बन्ध, आफ्नो राजनीतिक प्रणाली यसले ध्यान दिँदैन । यसले केही पनि गर्दैन । कम्युनिष्टहरुको ढोङमा मान्छे बेच्छन् यिनीहरु । मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने ।

अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको उनको भनाई छ । एमाले, माओावादी र कांग्रेस एउटै ड्याङको मुला भएकाले यिनीहरुबाबट देश चल्न नसक्ने उनको दाबी छ । ‘जो मान्छेले पैसाको लोभमा आफ्नो नागरिकता त्याग्छ, जो मान्छेले आफ्नो स्वाधीनता विर्सन्छ, दुईचार कौडीको लोभमा नेपाल दिन तयार हुन्छ । त्यस्तो मान्छेले नेपाल चलाउँछ ? त्यस्तो प्रवृत्तिले देशलाई हास्न सकिन्छ ? सम्भव छैन । माओवादी भएपनि, एमाले भएपनि, कांग्रेस भएपनि तिनै हुन् । एउटै ड्याङका हुन्,’– उनले भने । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्