Logo

देउवाकै अगाडि गगनको गर्जनः ‘म दलको नेता बदल्न लागिराख्छु’



 

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू दलको नेता बदल्न लागिपरेको बताएका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले दलको संसदीय दलको नेता बदल्ने कोशिस जारी राखेको बताएका हु्न् ।

‘म बदल्न लागिराख्छु । सक्निभए बदल्छु । नसक्नी भए चुप लागेर बस्छु । मान्छु, मानेकै छु,’– महामन्त्री थापाले भने ।

दलको नेता बदल्ने कुरा गर्दा केही साथीहरु आत्तिएको भन्दै उनले नआत्तिन सुझाव दिए । आफूले पार्टी फुटाउने कुरा गरेको नभएर केवल दलको नेता बदल्ने कुरामात्रै गरेको उनले बताए । सभापति शेरबहादुर देउवाले पनि पार्टीमा पटक–पटक दलको नेता बदल्ने कोशिस गरेको स्मरण गराउँदै उनले यसमा देउवाका वरिपरी बसेकाहरुले धेरै चिन्ता गर्न नपर्ने बताए ।

‘साथीहरु धेरै किन आत्तिनु भएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । सभापतिजीले दलको नेता फेर्दैफेर्दै आएकाले मैले पनि गरेको हो, यसले पनि कोशिस गर्छ भन्ने लागेछ । वरिपरी बस्ने साथीहरुलाई यो कुराले कत्रो धेरै चिन्तित बनायो । धेरै यस बारेमा चिन्ता गर्न पर्दैन ।’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्