Logo

वाईसिएल ईन्चार्ज दीपशीखाको आरोप ‘ओली प्रधानमन्त्री हुँदा धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाइयो’



काठमाडौं, ९ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले एमालेले सरकारमा रहँदा काण्डैकाण्ड माच्चाएको आरोप लगाएका छन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड हुँदै गृहमन्त्रीसम्मको राजीनमा मागेको प्रसंग उल्लेख गर्दै उनले अहिलेको सरकारले राम्रो काम गरेको देख्न नसकेको बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्द इतिहासमै राम्रो काम गरिरहेको उनको भनाई छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा धादिङमा समातिएको सुन काठमाडौं आईपुग्दा पित्तल बनाइएको उनले बताएका छन् । ‘किन आफू सरकारमा छँदाजस्तै धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजिनामा किन दिनुपर्ने ?’– उनले प्रश्न गरेका छन् ।

अहिले सुनकाण्डमा मुछिएका दिपक मलहोत्रालाई एयरपोर्टत्कोभित्रको सिसिटिभी, पार्किङ एरिया र अवैध संरचना, बाहिरिने बाटो ओलीकै मन्त्रीले सुप्पिएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्