Logo

अध्यक्ष प्रभु साहविरुद्ध ६ दलले संयुक्त प्रदर्शन गरेपछि आजपाले निकाल्यो विज्ञप्ती (विज्ञप्तीसहित)



काठमाडौं, ९ साउन । आम जनता पार्टीले आफ्नो अध्यक्ष प्रभु साहलाई पक्राउ गर्न माग गर्दै आज रौतहटमा सत्ता गठबन्धनमा रहेका विभिन्न ६ दलले संयुक्त रुपमा गरेको प्रदर्शनप्रति ध्यानाकार्षण भएको जनाएको छ ।

सो दलको तर्फबाट प्रवक्ता चन्द्र भुषण साहले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाईएको छ। आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत र लोसपाले प्रभु साहको नाम जोडेर प्रदर्शन गरेका थिए ।

आजपाका प्रवक्ता साहको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ-“आज जनताको कुनै हत अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पखाईमा रहेका विभत्स गौर हत्यकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थिति छ ।”

आफ्नो अध्यक्ष प्रभु साहमाथि लगाईएको आरोप थोरैपनि सत्य भए प्रमाणित गर्न आजपाले खुला चूनौति दिएको छ । साहले गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशिघ्र कानूनी दायरामा ल्याउन सम्बन्धित सबै पक्षहरुसँग जोडदार मागसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्