Logo

माओवादी पदाधिकारी बैठकमा के-के भयो छलफल ?



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आगामी साउन १७ गते बस्दैछ । केन्द्रीय समितिको बैठकको एजेण्डा तयका लागि आज (बुधबार) पार्टी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा केन्द्रीय समिति बैठकको विषयमा छलफल भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘बैठकमा त्यस्तो औपचारिक कुनै निर्णय भएन । केन्द्रीय समिति बैठकको एजेण्डा तय र तयारीको विषयमा छलफल भएको छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा प्रमुख सचेतक पाण्डेले भने ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको औपचारिक भ्रमणमा रहेको बेला कार्यवहाक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस्