Logo

रास्वपा सांसद ढकाल दक्षिण कोरिया जाँदै, नेपालीसँग भेटघाटदेखि शेयर बजारको प्रक्षिणसम्मको कार्यक्रम तय



काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकाल दक्षिण कोरिया जाने भएका छन् । जुलाई २८ देखि अगस्ट ६ सम्म कोरियामा कोरियामा रहने बताईएको छ ।सांसद ढकालले जुलाई २९ तारिखमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको विशेष अतिथिको रुपमा सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै जुलाई ३० मा दोङ्देमुनमा रास्वपा समर्थक प्रवास नेपाली सम्पर्क विभागका सदस्यहरुसग भेटघाट तथा छलफल कार्यक्रम तय भएको छ । अगस्ट ५ मा शेयर बजारका चुनौती र अवसरबारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा दक्षिण कोरियामा रहेका नेपालीहरुसँग छलफल र अन्तरक्रिया कार्यक्रम रहेको बताईएको छ ।

सांसद ढकालसँगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा RAPID ACTION TEMA (RAT) का केन्द्रीय संयोजक साजन शर्मासहितको टिम उपस्थिति रहने रास्वपा नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका सभापति जि.पी तिमल्सिनाले जानकारी दिए ।

प्रवासी नेपाली सम्पर्क विभागको अतिथि भेटघाट तथा छलफल कार्यक्रममा घन्टीलाई माया गर्ने दक्षिण कोरियावासी नेपाली जनसमुदायहरु दोङ्देमुनमा हुने यो कार्यक्रममा उपस्थित हुनको लागि सभापति तिमल्सिनाले अनुरोधसमेत गरेका छन् ।

लगानी सम्बन्धी सेमिनार गर्ने मुख्य योजना रहेको महत्वपूर्ण कार्यक्रम भने अगस्ट ५ मा शेयर बजारका चुनौती र अवसर तथा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम हुने भएको छ । लगानी तथा शेयरबजारसँग चासो राख्ने कोरियाबासी नेपालीहरु उपस्थित भएर लगानीसम्बन्धी ज्ञानलाई अझै फराकिलो बनाउन मद्दत पुग्ने रास्वपानिकट प्रवास नेपाली सम्पर्क विभागका महामन्त्री अवधेशराज चौरसियाले जाकारी दिए ।



प्रतिक्रिया दिनुहोस्