Logo

अब गृहमन्त्रीको राजीनामा होईन, ओली संलग्न ‘गिरी बन्धु टी स्टेट’ प्रकरणको फाइल खुल्छः दीपशीखा



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमालेले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआउने बताएका छन् । सरकारले एमाले संलग्न रहेको गिरी बन्धु टी स्टेट र बाइड बडीको फाईल खोल्दै छ भन्ने थाहा पाएर एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा मागेको उनको दाबी छ ।

‘नेपालमा गृहमन्त्रालयले भन्सार हेर्दैन । गृहमन्त्री भन्सारसँग नैतिकरुपमा समेत जिम्मेवार हुँदैनन् । समातेको पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व विभागले हो । अनि गृहमन्त्रीको राजिनामा किन माग्दैछ एमाले ? कुरा प्रष्ट छ, एमाले ‘गिरी बन्धु टि–स्टेट’ र ‘बाइड बडी’ को खुल्दै गरेको फाइल रोक्न खोज्दैछ । गृहमन्त्री ओलि संलग्न टि–स्टेटको फाइल खोल्नबाट पछाडी हटुन भन्ने चाहन्छ । स्मरण रहोस्, कानुनै संशोधन गरेर ओलीले प्रधानमन्त्री छोड्नुभन्दा ५ दिन अगाढी टि–स्टेटको जग्गा सटही गर्नसक्ने प्रावधान ल्याएका थिए । संसदमा जति उफ्रे पनि न गृहमन्त्रीको राजीनामा आउँछ न फाइल खोल्न रोकिन्छ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्