Logo

एमाले नेता बस्नेत भन्छन्ः ‘सुन तस्करी प्रकरणमा रवि लामिछाने र पूर्व सचिव भीम उपाध्यायमाथि पनि छानविन हुनुपर्छ’



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले सुन तस्करी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व सचिव भीम उपाध्यायमाथि आशंका व्यक्त गरेका छन् । उपाध्याय सचिव रहँदा र लामिछाने गृहमन्त्री रहँदा उक्त प्रकरणमा संलग्न रहेका नहोलान् भन्न नसकिने उनले बताए ।

‘रवि लामेछाने सेटिङ्ग त हो तर अहिले राजीनमा माग्ने बेला भएको छैन भन्दैछन् । भीम उपाध्यायहरु एमालेलाई आक्षेप लाउँदैछन् । किनकि यिनीहरु मन्त्री र सचिव हुँदा यो प्रकरणमा संलग्न नहोलान् भन्न सकिन्न । छानविन यता पनि हुनु पर्दछ,’– बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्