काठमाडौं, १२ साउन । एनआरएनए अष्ट्रेलिया २०२३–२०२५ को लागि एनएसडब्लू स्टेट को-अर्डिनेटर पदमा विनोद कुँवरले उम्मेदवारी दिएका छन् । भोलि (शनीबार) हुन लागेको उक्त निर्वाचनमा कुँवरको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।
लामो समय प्रवासमै बसेर नेपाली समाज र नेपाली पुस्ताका लागि केही गरौं भन्ने सोच र योजनामा कुँवरले काम गरिरहेको उनी निकट व्यक्तिहरु बताउँछन् । कुँवर सिड्नीमा रहेका स्थानिय नेपालीहरू माझ घुलमिल छन् । उनी सिड्नीमा रहेका नेपाली युवाहरुबीच परिचित छन् ।
अष्ट्र्लियामा रहेका नेपाली पुस्तालाई जुझारू बनाउन र उनीहरूको क्षमता, दक्षता र शिक्षा अनुसारको कामको लागि वातावरण सिर्जना गरेर सामाजिक अभियानमा जोडिएका उनी युवा पुस्तामा लोकप्रिय रहेका छन् ।
प्रवासमा हुर्किएको दोस्रो पुस्तालाई पनि नेपालसँग जोड्न पर्छ भन्ने सोच भएका कुँवर संगठनका लागि आवश्यक पात्र भएको सिड्नीबासीको भनाई छ ।
उम्मेदवारी घोषणा गर्दै कुँवरले अष्ट्रेलियाको नेपाली समाजको निम्ति कार्य गर्ने अनि नयां सोच, योजना र फलदायी विचारलाई अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गरे । सिड्नीमा बसेर भएपनि नेपालसँग आफ्नो क्षमता र दक्षतालाई जोडेर लामो यात्रा पार गर्ने योजना बनाएको कुँवरले बताए ।