Logo

नेता/कार्यकर्तालाई ओलीको निर्देशनः आफ्नैलाई लडाउने काम छोड्नुस्, हामीलाई लडाउँछौं भनेर गठबन्धन बनेको छ



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू–आफूमै झगडा नगर्न र पार्टीको अहितमा हुने कुनै पनि काम नगर्ने नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै साथीलाई छिर्के लगाउँदै लडाउँदै हिँड्ने, कुइनाले हान्ने काम नगर्न नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

‘हामीसँग अब सुस्तरी हिँड्ने समय छैन । त्यसकारण अब हामीले तीब्र गतिमा हिड्न पर्छ । तीब्र गतिमा हिड्ने साथीलाई यसो छिर्के लगाउँदै लडाउँदै हिँड्ने, कुइनाले हान्ने, त्यसरी हुँदैन । लडेको साथीलाई पनि उठाएर सँगसंगै लिएर सिंगै पंति एकताबद्ध भएर, एमाले एक छ । सानातिना कुरा छोड्दिनुुस्, यत्रो मिसनमा छौं हामी । यहाँ हुने बेलामा हामी समृद्ध नेपाल, सुखी नेपाली भन्छौं । बाहिर गएर त्यसलाई त नलडाई कहाँ छोड्छु र ? यसरी हुन्छ समृद्ध नेपाल, सुखी नेपाली ?’ प्रश्न गर्दै उनले भने, ‘हामीलाई लडाउन त विरोधीहरु बसेका छन् त ! गठबन्धन कसेर, मोर्चा गरेर बसेका छन् त ! हामी गठबन्धन र मोर्चाका विरुद्धमा जनताको डोजर र जनशक्तिको डोजर चालाउँछौं । जनताको आकांक्षाको डोजर, जनताको चेतनाको डोजर ।’



प्रतिक्रिया दिनुहोस्