काठमाडौं, १४ साउन । गौर हत्याकाण्डको फाइल खोल र हत्यारालाई कारबाही गर भन्दै आज रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ । गौर हत्यकाण्डका पीडितहरुले यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै संघर्षका कार्यक्रम अघि सारेका छन् ।
उनीहरुले हिजो रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएका थिए । आज भने मोटरसाईकल र्याली निकालिएको हो । सो र्यालीमा हजारौंको संख्यामा सहभागिता रहेको जनाईएको छ । उनीहरुले शान्तिपूर्ण र्याली निकालेका हुन् ।