काठमाडौं, १५ साउन । लोक गायक बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा,र सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ । शब्द संयोजन पनि बद्री सापकोटाको नै रहेको छ ।
‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ्ग, तनहु, लम्जुङ्गलगायत गण्डक क्षेत्रमा सुनिने भाका भएको सापकोटाले बताए । ‘गाउँघरमा आमा, हजुरआमाहरुले गाउने नाच्ने गीत हो स्यमुनानिलाई । मैले थोरै आफ्नोपन मिसाएर तयार पारेको छु,’– सापकोटाले भने ।
गीतमा लय बद्री सापकोटाकै रहेको छ भने शब्द कृष्ण लामिछानेको रहेको छ । ‘स्यमुनानिलाई’ गीत गण्डक क्षेत्रमा रत्यौली तथा तिज विशेष कार्यक्रममा गाइने मौलिक भाक भएको सापकोटाले बताए । भिडिओमा अभिनय अर्जुन सापकोटा, रोशन देवकोटा, करिश्मा ढकाल, कृतिमा तिवारी, एैरिस कुवँरको रहेको छ भने भिडिओको निर्देशन काजी श्रेष्ठले गरेका छन् ।
सापकोटाको यसअधिको गीत ‘बस बस पियारी’ सर्वाधिक चर्चामा आएको गीत हो । मौलिकतालाई पछ्याउने र मौलिकता रुचाउने सापकोटाले ‘स्यमुनानिलाई’ गीतमा पनि मौलिकता प्रस्तुत गरेका छन् । पुराना रीति, थिति, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता रहेको उनी बताउँछन् ।