Logo

गौर हत्याकाण्ड पीडित संघर्ष समितिको धर्नामा संविधानसभा सदस्य देवेन्द्र पटेलको ऐक्यबद्धता (भिडिओसहित)



काठमाडौं, १५ साउन । गौर हत्याकाण्डका पीडितहरुको धर्ना जारी छ । रौतहटको चपुरको पार्कमा पीडितहरुले धर्नालाई निरन्तरता दिएका छन् । उक्त धर्नामा आज रौतहटका माओवादी नेता तथा संविधानसभा सदस्य देवेन्द्र पटेलले पीडितहरुको धर्नामा एक्यबद्धता जनाएका छन् ।

उनले आफूले अहिलेपनि गौर हत्याकाण्डको त्यो पीडादायी अवस्था स्मरण गर्दा झनै पीडा भएको बताए । उनले भने,”गौर हत्याकाण्ड मैले फिल्डमै भोगेको हुँ । अहिले पीडित परिवार देख्दा मलाई पूरानो घट्ना आँखामा झलझली आएको छ । गौर हत्याकाण्डबारे प्रतिवेदनमा पनि यो झडपमात्रै नभएर यो हत्या हो भनेर लेखिएको छ। योजनाबद्ध तरिकाले हत्या भएको छ, माओवादी नेताको नाताले म अहिलेपनि त्यो घट्नाको भत्र्सना गर्दछु । सहिद परिवारका साथीहरु यहाँ आउनुहुन्छ, माओवादीको सिपाहीको नाताले यो पीडित परिवारहरुलाई न्याय हुनुपर्दछ । माओवादीका झण्डा बोकेर सहिद भएकाहरुको न्यायको लागि को बोल्दैछ ? भन्ने मेरो सरोकारवाको विषय होईन, तर उनीहरु माओवादीको एजेण्डालाई साथ दिएर राइसमिलको सभामा भाग लिन गएका थिए । उनीहरुले न्याय पाउनुपर्छ। त्यतिखेराका तत्कालिन मधेशी जनअधिकार फोरमको खोल ओढेर जुन हत्या गरियो, त्यो हत्याको उचित छानबिन हुनुपर्छ । पीडितहरुलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।”

https://www.facebook.com/100087246862332/videos/1256061855050682



प्रतिक्रिया दिनुहोस्