Logo

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदै



काठमाडौं, साउन १६ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदै छ । राप्रपा नेपाल र मोर्चाबीच गत आइतबार पार्टी एकता गर्ने ५ बुँदे समझदारी भएको थियो ।

प्रर्दशनीमार्ग स्थित राष्ट्रिय सभागृहमा आज दिउँसो २ बजे हुने दुई पार्टीबीच एकताको घोषणा सभाका राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेका छन् ।

राप्रपा नेपालको अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्विट मार्फत “राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बिच आज पार्टी एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर गरी संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगर्दै हिन्दुअधिराज्य, सुशासन र समृद्ध नेपाल निर्माणगर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने जानकारी दिएका छन्।

गत आइतबार समान विचार राख्ने राजनीतिक शक्तिसँग परिस्थितिजन्य सहकार्य–एकीकरण गर्ने कामलाई निरन्तरता दिने, देशमा विद्यमान व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारीको अन्य गर्न विधिको शासन, मानव अधिकारको रक्षा गर्दै सम्मुनत नेपाल स्वाभिमानी नेपाली बनाउन लागिरहनेलगायत समझदारीमा दुबै पार्टीका नेताले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्