काठमाडौं, साउन १६। कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वको फेरी दाबी गर्ने तयारी गरेको छ । गठबन्धनले प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ५ बजेसम्म सकिदैछ । गठबन्धनले तोकिएको समय सीमाभित्रै सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेपनि उम्मेदवारको भने टुंगो लगाएको छैन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।