काठमाडौं, १६ साउन । निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास अगाडि डोजर तेर्स्याएर प्रदर्शन गरेका छन् । निर्माण व्यवसायीहरु काममा फर्कनका लागि प्रधानमन्त्रीले ठोस कार्ययोजनासहित माग सम्बोधन गर्नुपर्ने निर्माण व्यवसायीहरुको माग छ ।
सरकारले बनाएका योजनाहरु ४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरे पनि श्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको निर्माण व्यवसायीहरुको आरोप छ । सरकारले त्यस्ता योजनकाको एक वर्ष म्याद थप्ने भनेपनि भुक्तानीको व्यवस्था गर्न नसकेको उनीहरुको आरोप छ । सरकारको उक्त योजना खारेज गर्नुपर्ने उनीहरुको माग छ ।