Logo

कोशी प्रदेशको वेबसाइडमा छ वर्षसम्म राखियो गलत नम्बर, रमेशलाई हिक्मत कार्कीभन्दै फोन आएर हैरान



काठमाडौं, १७ साउन । कोशी प्रदेश सचिवालयको वेवसाइडमा पूर्व मुख्यमन्त्री हिक्मत कार्कीको नम्बर गलत राख्दा तेह्रथुमका रमेश सुवेदीले हैरानी खेप्नु परेको थियो ।

उनलाई दिनको २०/३० ले मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन गरेर हैरान पारेका थिए । यस विषयमा रिपोर्टर्स नेपालसँग जोडिएका सुवेदीको हामीले गत साउन ११ गते ‘रमेश सुवेदीलाई मुख्यमन्त्री हिक्मत कार्कीभन्दै फोन आएर हैरान’ शीर्षकको समाचार प्रकाशन गरेका थियौं ।

आफूलाई लामो समयदेखि हिक्मत कार्की भन्दै फोन आएर हैरान पारेको र उक्त कुरा विभिन्न निकायमा जानकारी गराउँदा पनि प्रदेश सभाको प्रोटलमा नम्बर परिवर्तन नहुँदा फोन आउने क्रम नरोकिएको भन्दै सुवेदीले गुनासो गरेका थिए ।

अहिले भने कोशी प्रदेश सचिवालयले पूर्वमुख्यमन्त्री कार्कीको नम्बर सच्चाएको छ ।

पुरानो नम्बर

नयाँ नम्बर



प्रतिक्रिया दिनुहोस्