Logo

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, साउन १८ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको जानकारी गराउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची पनि रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्