Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, साउन १९ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज साउन १९ गतेका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनारको मूल्य एकको खरिदमा ४२९ रुपैयाँ २८ पैसा र बिक्रि दर ४३१ रुपैयाँ २३ पैसा रहेको छ । आज बहराईन दिनारको मूल्य एकको खरिदमा ३५० रुपैयाँ २८ पैसा र बिक्रि दर ३५१ रुपैया ७८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्