Logo

माओवादी केन्द्रीय समिति बैठकमा आज पनि सदस्यहरूले धारणा राख्ने



काठमाडौं, साउन २० । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधबारदेखि सुरु भएको समिति बैठकमा शुक्रबारका ६८ केन्द्रीय सदस्यसहित झन्डै १ सय ४१ जना नेताले आ आफ्नो धारणा राखिसकेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेको छ । त्यस्तै, मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ। बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ। बैठक अहिले बिहान ११ बजे पुनः बस्नेछ।



प्रतिक्रिया दिनुहोस्