काठमाडौं, २० साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सवालमा आफूहरु सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् । पार्टीको परराष्ट्र मामिला विभागले आज (शनिबार) आयोजना गरेको ‘वर्तमान अन्तरास्ट्रिय परिस्थिती र नेपालको परराष्ट्र नीतिसम्बन्धी एमालेको धारणा’ बिषयक अन्तरक्रियामा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
https://www.facebook.com/sarokartvhd1/videos/674420301204556
उनले नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने बताएका हुन् । तर, सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने एमालेले कहिल्यैपनि समर्थन गर्ने उनको टिप्पणी छ ।