नेपालगन्ज, साउन २१ । भारतमा भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा शनिबार साँझ भएको कार दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको हो ।
दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको हो ।
कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। सडकमा रहेका छाडाचौपायालाई बचाउन खोज्दा कार अनियन्त्रित भएर रुखमा ठोक्किएको भारतीय सञ्चार माध्ययले जनाएका छन् ।