Logo

आज अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी बैठक सकिने



काठमाडौं, साउन २१ । गत बुधबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने बताइएको छ । त्यसपछि बैठकमा उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।

बैठकमा शनिबारसम्म २२१ जना नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । शनिबार बसेको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफ्नो धारणा राखेका थिए । आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ।

बैठकमा मुख्य गरी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्