Logo

श्रेष्ठ आजदेखि सर्वोच्चको कामु प्रधानन्यायाधीश, आज बिदाइ हुँदै कार्की



काठमाडौं, साउन २१ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दैछन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा श्रेष्ठले स्वतः न्यायपालिकाको नेतृत्व सम्हाल्न लागेका हुन् । कार्कीको आज सर्वोच्च अदालतले बिदाइ गर्दैछ।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ। उनको संसदीय सुनुवाइ प्रक्रिया बाँकी नै छ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्