Logo

सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्षमा भेला भए प्रचण्ड, देउवा र ओली



काठमाडौं, २ साउन । प्रतिनिधिसभाको अवरोध खुलाउनको लागि सभामुख देवराज घिमिरेले अग्रसरता लिएका छन् । सभामुख घिमिरकै आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरु अहिले सिंहदरबारमा भेला भएका छन् ।

सिंहदरबारस्थित् सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

सो छलफलमा तीनै दलका प्रमुख सचेतकहरु पनि सहभागी छन् । एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्