Logo

एमाले सांसद भट्टराईको प्रस्तावः उच्चस्तरीय समिति बनाउने/नबनाउने भोटिङ गरौं



काठमाडौं, २३ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानविनाका लागि उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले छानविन समिति बनाउन सहमति र असहमति भएको खण्डमा सभामुखले भोटिङ गराउन पर्ने बताए । संसद्ले छानविन समिति बनाउन आवश्यक छैन भनेको खण्डमा सोही दिनदेखि नै आन्दोलन स्थगित गर्ने उनले बताए ।

‘छानविन समिति बनाउन हामी कोही सहमत छौं, कोही छैनौं भने कुनै पनि पार्टीले ह्वीप नलगाऔं । म प्रस्ताव राख्छु सभामुखजीले भोटिङ गराउनुुस् । यदि यो संसद्ले छानविन समिति बनाउन हुन्न भन्यो भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुन्छ,’– उनले भने ।

एमालेले संसद् चल्न दिएन भनेर सत्ता पक्षले भ्रम फैलाउने काम गरेको उनले बताए । संसद्मा आफूहरुले कुनै अवरोध नगरेको र सरकारले नै वातावरण नबनाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्