काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । जसपाले आज आकस्मिकरुपमा काठमाडौंमा उपलब्ध रहेका केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाए बताईको छ ।
यद्यपि प्रचार विभाग प्रमुख बस्नेत भने सो विषयमा बोल्न चाहेनन् । आफू उपत्यका बारिर रहेको बताउँदै उनले समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल हुनसक्ने बताए । File Photo/RN