Logo

सत्तापक्षले संसद्लाई द्वन्द्वतिर धकेल्न खोज्योः सचेतक बर्तौला



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसद्मा सत्ता पक्षले दादागिरी देखाएको बताएका छन् ।

आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रतिपक्षलाई विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले दादागिरी देखाएको बताएका हुन् ।

सत्ता पक्षका सांसदहरु बैठकमा प्रस्तुत भएको शैलीले सरकारले संसद् चलाउन चाहिरहेको छैन भन्ने पुष्टि गरेको उनले बताए ।

प्रतिपक्षका सांसदहरुले आफ्नो धारणा राख्दै गर्दा सत्ता पक्षका सांसदहरुले संसदीय मर्यादासमेत ख्याल नराखेर विरोधमा उत्रिएको उनले बताए । सरकारले संसद्लाई द्वन्द्वतर्फ लैजान चाहेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्