Logo

आरएटीलाई रास्वपाको निर्देशनः स्थानीय निकाय र सरोकारवालासँग अनुमति लिएर काम गर्नु



काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आरएटी टिमलाई कुनै पनि काममा खटिनुअघि सम्बन्धित निकाय र सरोकारवालाहरुसँग अनुमति लिन निर्देशन दिएको छ ।

‘नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार RAT, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ,’– पार्टी प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्