Logo

सांसद पक्राउबारे सभामुखलाई जानकारी गराउने प्रकियामा छौं : प्रहरी प्रवक्ता



काठमाडौं, २५ श्रावण । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पक्राउ परेको जानकारी सभामुखलाई गराउने तयारी भइरहेको छ।

प्रहरी प्रवक्ता कुबेर कडायतले रिपोर्टर्स नेपाललाई सांसद शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई जानकारी गराउने तयारी भइरहेको बताए।

शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र कृते गरेको आरोपमा बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको पनि प्रवक्त कडायतले बताए।

संविधानको धारा १०३ को उपधारा ६ मा संसद्को अधिवेशन जारी रहँदा सांसद पक्राउ गर्नुपरे सभामुख वा संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ ।

संविधानको धारा १०३ को उपधारा ६ मा भनिएको छ “संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,”

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधिसभामा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot