काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका युवा नेता सुदिप शर्माले पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघमा पछिल्लो समय समानान्तर गतिविधि बढिरहेको भन्दै ती गतिविधि रोक्नुपर्ने माग गरेका छन् ।
शर्माले तरुण दल र नेविसंघमा नेतृत्वको निर्देशनबमोजिम तदर्थ कार्यसमिति गठन भएको उल्लेख गर्दै त्यसको विरोधमा पार्टीको हितविपरित गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
उनले लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक तवरले आफ्ना असन्तुष्टि राखिनुपर्नेमा पार्टीलाई नै आघात पुर्याउनेगरि गरिएका समानान्तर गतिविधि एक साताभित्र रोक्न चेतावनी दिएका हुन् ।
उनले लुम्बिनी प्रदेशको हकमा पनि नेविसंघ र तरुण दलका जिल्ला अध्यक्षहरुबाहेक अरु अध्यक्ष तोक्ने गतिविधि फिर्ता लिन एक साताको अल्टिमेटम दिएका छन् । ती गतिविधि नरोकिए आफूले पनि लुम्बिनीमा पार्टी सभापतिको रुपमा समानान्तर गतिविधि अघि बढाउने उनको अर्को चेतावनी छ ।