काठमाडौं, साउन २९ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमण छोट्याएर आज स्वदेश फर्कँदै छन् । उनी भदौ १ गतेसम्म युरोपमा हुने पूर्व निर्धारित विभिन्न कार्यक्रममा सहभागी हुन साउन २२ गते विदेश गएका थिए ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल अहिले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् ।
अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि स्वदेश फर्कन लागेका हुन् । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईलाई पनि छानबिन साउन २१ गते आदेश दिएको थियो ।
फाईल फोटो