Logo

गौर हत्याकाण्ड : राजेन्द्र पाण्डेमाथि खनियो आजपा, काण्डैकाण्डका नाईकेको उपाध्यक्षको संज्ञा (विज्ञप्तीसहित)



काठमाडौं, ३० साउन । आम जनता पार्टीले गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकारबीच भैसकेको पाँच बुँदे सहमतिलाई लिएर सत्ता गठबन्धनको नाममा सञ्चारकर्मीहरुसँग राजेन्द्र पाण्डेले गरेको आपत्तिजनक सम्प्रेषणप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै पाण्डेको अभिव्यक्तिप्रति ध्यानकार्षण गराएका हुन् । सो क्रममा उनले पाण्डेलाई काण्डै काण्डका नाईकेको उपाध्यक्षको संज्ञा दिएका छन् । जारी विज्ञप्तीमा भनिएको छ–‘काण्डै काण्डको नाईकेका उपाध्यक्षले फेरी अर्को काण्डको बचाउ गरेको देख्दा लाज पनि लजाएको छ । यो घोर आपत्तिजनक सम्प्रेषण राजेन्द्र पाण्डेको मनोगत कुण्ठा मात्र हो कि नेपाल सरकारको आधिकारिक धारणा पनि हो, यसबारेमा यथाश्रिघ सु–स्पष्ट गर्न सरकारसँग जोडदार माग गर्दछौं । यसले कथित गठबन्धनको नाममा सरकार पछाडि हट्न खोजेको हो की भन्ने आशंका बढाएको छ । यस अप्रत्यासित हर्कतले अपराधीहरुलाई जोगाउन ६ दलीय गठबन्धनको ब्यानरमा गौरबाट सुरु भएको प्रदर्शन हिजो बालुवाटारमा पदार्पण भएसँगै देशमा कानूनी शासन र मानव अधिकारको ठूलो उपहास भएको छ र यसले पीडितहरुलाई झन पीडित तुल्याएको छ ।’

साहले उक्त घट्नामा प्रारम्भिक समयदेखि नै निरन्तर पीडितहरुलाई न्याय दिलाउन प्रतिबद्ध एवम् सक्रिय रहँदै आएको नेताप्रति नै विभिन्न आधारहीन एवं कपोकल्पित लाञ्छना लगाई गालीगलौजको स्तरमा झेरेर गम्भीर मुद्दामा विषयान्तरको दुस्प्रयास गर्नु आँफैमा अपराधिक कार्य भएको पनि उल्लेख गरेका छन् । आजपाले कानूनअनुसार दोषीमाथि कारबाहीको जोडदार मागसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्