Logo

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ



काठमाडौं, साउन ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । नियन्त्रणमा लिइएका चिनियाँ नागरिकमाथी अनुसन्धान भईरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्