रुकुम (पश्चिम), साउन ३१ । मुसिकोट नगरपालिकाले राप्ती लोकमार्ग अन्र्तगत सडक छेउका घर, टहरा, घुम्ती हटाउने भएको छ ।
नगरपालिकाले मंगलबार एक सूचना सार्वजनिक गर्दै राप्ती लोकमार्गको सेरीगाउ, बागबजार, खलंगा, मठ, सल्लेसम्मका सडक अधिकार क्षेत्र भित्र मापदण्ड विपरित निर्माण गरिएका घर, टहरा, घुम्ती लगायतका भौतिक संरचनाहरु हटाईने जनाएको छ ।
बजार क्षेत्रका सडक छेउमा बनेका मापदण्ड विपरित विभिन्न भौतिक संरचनाले दुर्घटना बढनुका साथै बजारमा पैदल यात्रीहरुलाई आवतजावत गर्न समस्या हुने र बजार क्षेत्रको व्यवस्थापन समेत अव्यवस्थित देखिने भएकोले ३० दिन भित्र हटाइ व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेको छ ।
साथै बजार क्षेत्र भित्रका सडक छेउका घरहरुको छतबाट सडकमा पानी आई पैदल यात्रुहरुलाई असर परिरहेको हुंदा छतबाट बग्ने पानीलाइ सडकमा नपर्ने गरी व्यवस्थापन गर्न घरधनीहरुलाई सूचित गरिएको छ ।