Logo

०८४ को निर्वाचनमा पहिलो पार्टी भएर देशको फोहोर सफा गर्ने रवि लामिछानेको घोषणा



काठमाडौं, ३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनसम्म आफ्नो पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनाउने दाबी गरेका छन् । उनले ०८४ को निर्वाचनमा पहिलो दल बनेर देशको फोहोर सफा गर्ने बताएका हुन् । सभापति लामिछानेले अब जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट बिदा लिँदा राम्रो हुने बताए ।

आज (बिहीबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अहिले चर्चामा आएका सबै काण्डको निश्पक्ष छानबिन गर्नुपर्ने बताए । तर, एक क्विन्टल सुन एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको भन्दै लामिछानेले सरकारको आलोचना गरे । लामिछानेले ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताए । file photo



प्रतिक्रिया दिनुहोस्