Logo

लम्पी स्किन रोगको रोगथामका बारेमा छलफल



काठमाडौं, ३२ साउन । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले पशु चौपाया देखा परेको लम्पी स्किन रोगको रोगथामका बारेमा छलफल गरेको छ ।

आज (बिहीबार) जेष्ठ सदस्य नवल किशोर शाहको सभापतित्वमा बसेको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल पनि सहभागी थिए । बैठकमा लम्की स्कीन रोग रोकथामको प्रभावकारीता, समस्या र समाधानका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खराल, समितिका सदस्यहरु अबदुल खान, आरजु राणा, लगायतको उपस्तिथि थियो ।

बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले हालसम्म देशभरमा लम्पी स्किनबाट ४७ हजार ६ सय ४९ वटा पशु मरिसकेको तथ्याङ्क सार्वजनिक गरेका थिए ।

उनका अनुसार संक्रमित हुने पशुको संख्या १३ लाख ५ हजार ३ सय ६१ रहेको छ । जसमध्ये १० लाख भन्दा धेरै पशु रोगमुक्त भइसकेका छन् । अहिले एक लाख ७५ हजारभन्दा धेरै पशुमा लम्पी स्किनबाट संक्रमित रहेका छन् ।

अहिले किसानलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना नरहेको समेत मन्त्री भुसालले स्पष्ट पारे ।  Photo By: Mukunda Kalikote/ RN 



प्रतिक्रिया दिनुहोस्