काठमाडौं, भदौ १। आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । बैठकमा जलवायु परिवर्तन र यसले पुर्याएको असर र प्रभावबारे छलफल हुने छ ।
सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोपलगायतको न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन (कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा पनि बैठकमा छलफल हुने छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।