Logo

एमालेका नेताहरुको जिम्मेवारी हेरफेर, कर्णालीका सचिव शाहीको जिम्मेवारी खोसियो



काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत सोमबार बसेको सचिवालय बैठकले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेका गुरुप्रसाद बराललाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकेको छ ।

त्यसैगरी, काठमाडौं महानगरका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ भने सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी तोकिएको छ ।

कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीको जिम्मेवारी खोसिएको छ भने उक्त जिम्मेवारीमा टेकराज पछाईलाई मनोनयन गरिएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्