काठमाडौं, भदौ २ । जारी फिफा महिला विश्वकप फुटबल अन्र्तगत तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्दै छन् ।
सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुन लागेको हो। अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ।
पहिलो सेमिफाइनलमा स्वीडेन स्पेनसँग २–१ गोलले पराजित भएको थियो भने अष्ट्रेलिया इंग्ल्याण्डसँग ३–१ ले पराजित भएको थियो।