Logo

विवादित भारतीय धर्मगुरुसँग मन्त्रीद्वयको गोप्य भेटवार्ता



काठमाडौं, २ साउन । विवादित भारतीय धर्म गुरु बागेश्वर बाबा यतिबेला नेपालमा छन् । उनलाई भेट्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद सानेपास्थित होटल भिवान्तामा पुगेका थिए ।

हिजो (शुक्रबार) राति अबेर मन्त्रीद्वयले धर्म गुरुसँग भेट गरेका हु्न् ।धर्म गुरु बागेश्वरले आज प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम रहेको बताईएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाउन उनले नेता तथा मन्त्रीहरुलाई सुझाव दिने गरेको बताईएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्