काठमाडौं, भदौ ३ । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।
अहिले मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन।
साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते विमानस्थल बाहिर बरामत गरेको सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।