महेन्द्रनगर, ३ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगिता आजदेखि सुरु भएको छ । सेनाको सुदूरपश्चिम पृतनाद्वारा आयोजित उक्त प्रतियोगितको एक समारोहबिच सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि विजय थापाले उद्घाटन गरे ।
यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, पौडी, बक्सिङलगायत खेल हुनेछन् । खेलहरु ५ नं बाहिनी अड्डा र २५ नं बाहिनीमा सञ्चालन हुने छन् । भलिबल, पौडी र बक्सिङ महेन्द्रनगरमा तथा बाँकी खेल कैलालीको तेघरी ब्यारेकमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।
यसबाट खेलाडीबीच सामुहिक भावना पैदा हुनुका साथै विभिन्न प्रतियोगिता खेल्न खेलाडीलाई मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।
सुदूरपश्चिम क्रिकेट सङ्घको अध्यक्षमा जोशी
यसैबीच सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा बासुदेव जोशी निर्विरोध चयन भएका छन् । सङ्घको उपाध्यक्षमा रमेशबहादुर बोहरा, सचिवमा लक्ष्मणदत्त भट्ट र कोषाध्यक्षमा दिनेशबहादुर सिह चयन भएका छन् ।
दस्यहरुमा क्रमशः हरि रेग्मी, शेरसिंह खत्री, तेज कार्की, अनिल कुवर, माया रावत साउद, रमेशबहादुर चन्द, जोगबहादुर दौल्याल, बाबुराजा श्रेष्ठ र आशिषकुमार खत्री निर्विरोध चायन भएका सङ्घले जनाएको छ । रासस