काठमाडौं, भदौ ४ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसित संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा छलफल भईरहेको हो ।
श्रेष्ठविरुद्ध इमेलबाट तीन उजुरी परेका छन् । आइतबार समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफलपछि आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल गर्ने समय तोकिएको छ ।
साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।