Logo

समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्दै



काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ । मोर्चाको आज बसेको बैठकले सभा गर्नका लागि मिति तय गरेको छ ।

मोर्चाको संयुक्त बैठकमा मधेश प्रदेशको वीरगञ्जमा आगामी ८ गते, लुम्बिनीको बुटवलमा १२ गते, सुदूरपश्चिमको धनगढीमा १३ गते, कर्णालीको सुर्खेतमा १४ गते, गण्डकीको पोखरामा १५ गते, बागमतीको हेटौडामा २३ गते र कोशीको विराटनगरमा २५ गते संयुक्त सभा गर्ने निर्णय भएको हो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्