काठमाडौँ, ४ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उनी गत साउन २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रर्दशनी तथा मेलामा सहभागिता जनाएका थिए ।
उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी थिए । रासस